काठमाडौं । कतार विश्वकप अन्तर्गत युरोपियन छनोटको प्ले अफ खेलमा पोर्चुगलले टर्कीलाई हराएको छ ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको १५ औं मिनेटमा ओटाभिओ मोन्टेइरोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ६५ औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए ।

८५ औं मिनेटमा यिल्माजले पेनाल्टीमा गोल गर्न चुके ।
त्यसपछि खेलको इन्जुरी समयमा माथ्युएस नुनेसले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।
यस जितसँगै पोर्चुगलले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।
अब पोर्चुगलले प्ले अफ सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग खेल्नेछ ।
नर्थ म्यासेडोनियाले इटालीलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको हो ।