काठमाडौं । युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ ।
विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो ।
इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।
ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।
इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।
अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
