काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको चर्च ब्वाइज क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा चर्च ब्वाइजले नयाँबस्ती क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा सनम भुजेल, आशिष चापागाई र सनम राईले एक एक गोल गरे ।
नयाँबस्तीका अबय धिमाल र रमेश तामाङले एक एक गोल फर्काए ।
जितसँगै चर्च ब्वाइजले ८ खेलमा १७ अंक जोडेको छ ।
नयाँबस्तीले ८ खेलमा १३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।