• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युवा खेलाडीको टिम बनाउने तयारी
खेलपाटी संवाददाता
बिहीबार, चैत १०, २०७८ खेलपाटी संवाददाता
युवा खेलाडीको टिम बनाउने तयारी
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके । फोटो : खेलपाटी

काठमाडौं । युवा खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिम निर्माणको तयारीमा रहेको संकेत शुक्रबारदेखि सुरु हुने एकदिवसीय अन्तराष्ट्रिय तथा त्रिदेशीय टी ट्वान्टी सिरिजको लागि नेपालले घोषणा गरेको खेलाडी सुचीबाट गर्न सकिन्छ ।

मंगलबार नेपालले घरेलु मैदानमा हुने दुई सिरिजका लागि दुई फरक टोली घोषणा गरेको छ । १५ सदस्यीय टोली घोषणा गर्दा नेपालले दुई युवा खेलाडी देव खनाल र आदील अन्सारीलाई पहिलो पटक राष्ट्रिय टिममा मौका दिईएको छ । अनुभवी ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीलाई टिम बाहिर राखिएको छ ।

विकेटकिपर अनिल शाह र दीलिप नाथले राष्ट्रिय टिममा पुनरागमन गर्र्दा नेपालले एकदिवसीय र टी ट्वान्टी सिरिजलाई केन्द्रित गर्दै दुई फरक टोली घोषणा गर्यो । खेलाडी सुची हेर्दा नेपालले फरक ढाचाको क्रिकेटका लागि फरक टोली बनाउन खोजेको देखिन्छ । एकदिवसीय र टी ट्वान्टी दुवै सिरिजका लागि मात्र ७ खेलाडी समाबेस छन् । दुबै सिरिजका लागि टोलीमा नेपालले ८–८ खेलाडी परिवर्तन छ ।

प्रतियोगिताअघि नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले अहिले युवा खेलाडीको टिम बनाउने चरणमा रहेको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले यस प्रतियोगिता आगामी मेमा हुने आईसीसी विश्वकप लिग टुको सिरिजका लागि महत्वपूर्ण हुने समेत बताए ।

‘युवा क्षमतावान खेलाडी टिममा छन् । हामी युवा टिम बनाउने चरणमा छौं ।’ पीएनजीविरुद्धको सिरिजअघि पुबुदुले भने, ‘मुख्य प्रतियोगिताअघि यो निकै महत्वपूर्ण हुन्छ । यस प्रतियोगिताले आगामी मेमा अमेरिकामा हुने सिरिजको लागि मद्दत गर्छ । यस सिरिजका लागि हामी तयार छौं ।’

कप्तान सन्दीप लामिछानेले समेत यस प्रतियोगितामा नयाँ र युवा खेलाडीलाई अवसर दिने बताए । ‘पक्कै पनि युवा खेलाडी नेपालबाट खेलेको देख्ने छौं र यसले प्रेरित गर्ने छ ।’ सन्दीपले भने, ‘यो लामो यात्रा हो र यो सबैको लागि राम्रो अवसर पनि हो ।’    नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा शुक्रबार देखि  पपुवा न्युगिनी ९पीएनजी० विरुद्धको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टोली पीएनजीलाई आतिथ्यता गर्दैछ ।

पीएनजी पहिलो पटक नेपालमा क्रिकेट खेल्न लागेको हो । क्यानले एकदिवसीय अन्तराष्ट्रिय सिरिज आयोजना गर्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०२० मा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अमेरिका, ओमान र नेपाल सम्मिलित सिरिज क्यानले आयोजना गरेको थियो ।
 
दुई वर्षपछि क्यानले पीएनजीलाई आमन्त्रण गर्दै घरेलु भूमिमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट फर्काएको छ । नेपालले पीएनजीसँग घरेलु भूमिमा दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।

एकदिवसीय सिरिजका म्यान अफ द म्याचले १ सय ५० अमेरिकी डलर तथा म्यान अफ द सिरिजले ३ सय अमेरिकी डलर प्राप्त गर्ने क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले जानकारी गराए । यस्तै टी ट्वान्टी सिरिजका म्यान अफ द म्याचले १ सय अमेरिकी डलर तथा म्यान अफ द सिरिजले ५ सय अमेरिकी डलर प्राप्त गर्ने छन् । प्रतियोगितामा कुल खर्च १ करोड ४२ लाख ६० हजार हुने क्यानले जनाएको छ । क्यानले सिरिजको व्यवसायीक अधिकार सुन्बी होल्डिङलाई १ करोड २० लाखमा बेचेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP