थाइल्याण्डविरुद्ध खेल्ने नेपालको सुरुआती-११ को घोषणा
बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुआती-११ को घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण लिम्बुको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको सुरुआती-११

थाइल्याण्डविरुद्ध खेल्ने नेपालको सुरुआती-११ को घोषणा







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)