काठमाडौं । लगातार सात खेलमा बराबरीको नजिता निकालेको श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगमा पहिलो जित हात पारेका छ ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहीबार भएको खेलमा श्री कुमारीले पहिलो जित हात पार्ने क्रममा खुमलटार युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
श्री कुमारीलाई जित दिलाउन सृजन राज गौतमले निर्णायक गोल गरे ।
सृजनले दोस्रो हाफको इन्जुरी समयमा गरेको एकमात्र गोल श्री कुमारीका लागि पर्याप्त रह्यो ।
जितसँगै श्री कुमारीले ८ खेलबाट १० अंक जोडेको छ ।
खुमलटारको ८ खेलमा भने ९ अंक रहेको छ ।