काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि र सहभागी १० टिम बैठकमा जुटेका छन् ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएललाई गोल्डकप शैलीमा प्रतियोगिता गराउने निर्णय गरेपछि आयोजक एनएसएल र सहभागी १० टिमबीच बैठक बस्न लागेको हो ।
बैठकमा आयोजक र १० वटै टिमको सहभागीता रहने छ । एन्फाको निर्णयमा एनएसएलको धारणाबारे उक्त बैठकले निर्णय गर्ने एनएसएलका सीईओ सुदिप शर्माले बताए ।
’आज हामी १० वटै टिमसँग बैठक बस्छौं । सबैसँग छलफल गरेर के गर्न सकिन्छ र हाम्रो निर्णय के हुन्छ सबै बैठकले निर्णय गर्ने छ,’ सीईओ शर्माले भने ।
एनएसएल आयोजना गर्नका लागि बुधबार एन्फाले चैत २५ देखि जेठ १ सम्मको लागि स्वीकृति समेत प्रदान गरेको थियो ।
एनएसएलबारे पछिल्लो समय ’ए’ डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजनामा विवाद निस्किएको थियो ।
दोस्रो संस्करणको लागि एनएसएलले ३ नयाँ टिम थप्दै अक्सन समेत गरिसकेको छ ।