युरोकप आयोजनाका लागि युके र आयरल्याण्डको संयुक्त दाबी
बिहिबार, १० चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२८ को युरोकप फुटबल आयोजनाका लागि युके र आयरल्याण्डले संयुक्त दाबी पेश गरेको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रुपमा दाबी पेश गरेको जनाएको छ ।
यूईएफएले यहिँ मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको थियो ।
यस्तै रुस र टर्कीले पनि २०२८ र २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गरेको छ ।
इटालीले भने २०३२ को युरो आयोजनाका लागि दाबी पेश गर्ने बताईएको छ ।
आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिने यूईएफएले जनाएको छ ।
२०२८ को युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । जसमा कुल ५१ खेलहरु हुनेछ ।
युरोकप आयोजनाका लागि युके र आयरल्याण्डको संयुक्त दाबी







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)