काठमाडौं । इंग्लिस क्लब चेल्सीलाई टिकट बिक्री गर्न अनुमति मिलेको छ ।
बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीलाई अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति मिलेको हो ।
बेलायत सरकारले मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई प्रतिबन्ध गरेपछि चेल्सीले टिकट बेच्न सकेको छैन।
नयाँ लाइसेन्स अनुसार टिकट बिक्रीबाट प्राप्त रकम सिधै प्रिमियर लिगलाई जानेछ । त्यसपछि सम्बन्धित पार्टीलाई प्रदान गरिनेछ ।
अब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिड र एफए कपको सेमिफाइनल अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलको टिकट बिक्री गर्न सक्नेछ ।
यस्तै पाहुना टोलीका समर्थकहरुले स्ट्यामफोर्ड ब्रिजमा हुने खेलको टिकट किन्न सक्ने छन् ।