टाउनसेन्डले सिजनको बाँकी खेल गुमाउने
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब एभर्टनका विंगर एन्ड्रोस टाउनसेन्डले यस सिजनको बाँकी खेलहरु गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण टाउनसेन्डले सिजनको बाँकी खेलहरु गुमाउने भएका हुन् ।
एफए कप अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा उनले चोट बोकेका हुन् ।
टाउनसेन्डको खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको बताईएको छ ।
३० वर्षीय मिडफिल्डरको आगामी हप्ता शल्यक्रिया हुने बताईएको छ ।
टाउनसेन्डले सिजनको बाँकी खेल गुमाउने







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)