काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मध्यपुरले झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
मध्यपुरको जितमा सन्नी लामाले दुई गोल गरे । रोनिस डीके राजबाहकले एक गोल गरे ।
झम्सिखेलका संजय राम्तेलले एक गोल फर्काए ।
जितसँगै मध्यपुरले ८ खेलमा १० अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।