बंगलादेशविरुद्ध नेपाललाई अग्रता
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । साफ यू–१८ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता बनाएको छ ।
नेपाललाई अमिशा कार्कीले अग्रता दिलाएकी हुन् ।
अमिशाले खेलको चौथों मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाईन् ।
यस अघि बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।
#NepalvsBangladesh







-1775701512962.webp&w=3840&q=75)




-1775698893190.webp&w=3840&q=75)
