इटाली र अर्जेन्टिनाबीचको भिडन्त वेम्बलीमा
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको प्रतिस्पर्धा इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने भएको छ ।
युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीचको प्रतिस्पर्धा आगामी जुन १ मा हुनेछ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा हुने जनाएको छ ।
यस प्रतिस्पर्धाका लागि यूईएफएले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) सँग तीन वर्षे सम्झौता गरिसकेको छ ।
इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।
यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको थियो ।
इटाली र अर्जेन्टिनाबीचको भिडन्त वेम्बलीमा







-1775701512962.webp&w=3840&q=75)




-1775698893190.webp&w=3840&q=75)
