काठमाडौं । फ्रेन्च मिडफिल्डर पाउल पोग्बाको विश्वकप फुटबलको उपाधि जित्दा प्राप्त गरेको स्वर्ण पदक चोरी भएको छ।
म्यानचेस्टर युनाईटेडका पोग्बाले गत साता चोरहरुले आफ्नो घरमा राखेको पदकहरु चोरी गरेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलका लागि गएको बेला घर चोरी भएको पोग्बाले बताएका छन्।
जतिबेला घरमा दुई बच्चा र बच्चा हेर्ने मान्छे मात्र रहेको उनले बताए ।
पोग्बाले विश्वकपको पदकसँगै अन्य गहनाहरु चोरी भएको बताए ।
सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराएर विश्वकपको उपाधि जितेको थियो ।