काठमाडौं । नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच सावित्रालाई महिलातर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।
सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् ।
उनले सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन सफल भएकी छन् ।
उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान समेत कायम गरेकी छन् ।
भारतको महिला आई लिगमा सेतु एफसीलाई दुई पटक च्याम्पियन बनाउन सफल भएकी छन् ।
हिरो कपको फाइनलमा भारतलाई पराजित गर्दा दुई गोल गरेकी थिईन् ।
सावित्रा सन् २०१९ साफको सबै खेलमा सर्वाधिक गोलकर्ता समेत बनिन् ।
सावित्राले नावेज्दा कप कीर्गिस्तानमा उपविजेता हुदा सात गोल गरेकी थिईन् ।
अवार्डसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् ।