फुटबल टिमलाई टिम अफ द इयर अवार्ड
मंगलबार, ०८ चैत्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच फुटबल टिमलाई अवार्ड प्रदान गरेको हो ।
फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो ।
त्यसमध्ये १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
घरेलु मैदानमा थ्री नेसन्स कप मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र १ जित तथा किर्गिस्तान यू–२३ टोलीसँग बराबरी खेलेको थियो ।
मैत्रीपूर्ण प्रतियोगिता नेपालले जितेको थियो ।
#फुटबल टिमलाई टिम अफ द इयर अवार्ड







-1775701512962.webp&w=3840&q=75)




-1775698893190.webp&w=3840&q=75)
