काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत श्री कुमारी क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा श्री कुमारी र टुसालबीचको खेल १–१ को बराबरीमा टुंगिएको हो ।
श्री कुमारीका लागि आरुज सिंह तथा टुसालका लागि धिरेन्द्र बहादुर शाहले गोल गरे ।
श्री कुमारीले खेलको छैठौं मिनेटमा अग्रता बनाएको थियो ।
आरुजले पेनाल्टीमार्फत गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाए ।
तर धिरेन्द्रले ८४ औ मिनेटमा टुसालका लागि गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बराबरीपछि टुसालले ७ खेलबाट ८ अंक जोडेको छ भने श्री कुमारीले ७ खेलबाट ७ अंक जोडेको छ ।