काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आयोजक भारतविरुद्ध पुनः पराजित भएको छ ।
जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्यो ।
भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे ।
नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् ।
हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाईन् ।
लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाईन् ।
लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन् ।
५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गरिन् ।
लिन्डाले ६२ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् ।
सन्दीपा भोलानले ७९ औं मिनेटमा नेपालका लागि गोल गरिन् ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० ले हराएको थियो ।
पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो ।
नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ ।
भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।