साफ यू–१८ः नेपालविरुद्ध भारत ३–० ले अगाडी

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आयोजक भारतविरुद्ध नेपाल पहिलो हाफमा ३–० ले पछि परेको छ ।
भारतका लागि एस लिन्डा कोमले दुई तथा हेमाम सिल्की देवीले एक गोल गरे ।
हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाईन् ।
लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाईन् ।
लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन् ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो भेटमा भारतले नेपाललाई ७-० ले हराएको थियो । भारत उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।
तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । २ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।
पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको थियो ।
भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।












