नयाँबस्ती बी डिभिजनको शीर्ष स्थानमा
सोमबार, चैत ७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नयाँबस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा नयाँबस्तीले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
नयाँबस्तीको जितमा लिला बहादुर थापा मगरले निर्णायक गोल गरे ।
लिलाले नयाँबस्तीका लागि खेलको ८४ औं मिनेटमा गोल गरे ।
नयाँबस्तीको ७ खेलमा तेस्रो जित हो । उसले ४ खेलमा भने बराबरीको नतिजा निकालेको छ ।
नयाँबस्तीले ७ खेलबाट १३ अंक जोडेको छ ।
६ खेलबाट १३ अंक जोडेको श्री भगवती क्लब भने गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ ।
आरसीटीको ७ खेलमा ९ अंक छ ।
#नयाँबस्तीले ७ खेलबाट १३ अंक जोडेको छ ।












