मध्यपुरले खुमलटारलाई हरायो
सोमबार, चैत ७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मध्यपुरले खुमलटार युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
मध्यपुरको जितमा सजिन थापा मगरले निर्णायक गोल गरे । उनले खेलको १६ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् ।
जितसँगै मध्यपुरले ७ खेलमा ७ अंक जोडेको छ ।
खुमलटारले ७ खेलमा ९ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
मध्यपुरले खुमलटारलाई हरायो












