काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत मध्यपुर युथ एसोसियसनले खुमलटार युथ क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा मध्यपुरले खुमलटारले १–० गोल अन्तरले पराजित गरेको हो ।
मध्यपुरको जितमा सजिन थापा मगरको एकमात्र गोल निर्णायक बन्यो ।
खेलका १६ औं मिनेटमा सजिन थापा मगरले मध्यपुरका लागि गोल गरे ।
लिग अन्तर्गत मध्यपुरको सात खेलमा यो दोस्रो जित हो । मध्यपुरले ७ खेलबाट ७ अंक जोड्दै १० औं स्थानमा उक्लिएको छ ।
यता खुमलटारको भने यो चौथों पराजय हो । उसले ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।