काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले एफसी कोलोग्नेसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको आठौं मिनेटमा मारिउस वुल्फले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा इबास्टियन एण्डरसनले गोल गर्दै कोलोग्नेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै डर्टमण्डले ५७ अंक जोडेको छ । र, दोस्रो स्थानमा रहेको छ ।
कोलोग्ने ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।