काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले लाजियोलाई हराएको छ ।
आइतबार राति भएको खेलमा रोमाले लाजियोलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो मिनेटमा टामी अब्राहमले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २२ औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ४० औं मिनेटमा लोरेन्जो पेल्लिग्रेनीले गोल गर्दै रोमालाई ३-० को जित दिलाए ।
जितसँगै रोमाले ३० खेलमा ५१ अंक जोडेको छ ।
रोमा छैटौं स्थानमा रहेको छ ।
लाजियो ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।