काठमाडौं । इंग्ल्यान्डका गोलकिपर आरोन राम्सडेलले स्विजरल्याण्ड र आइभरी कोस्टविरुद्धको मैत्रीपूर्ण खेल गुमाउन सक्ने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाविरुद्धको खेलमा चोट बोकेपछि आर्सनलका गोलकिपरले मैत्रीपूर्ण गुमाउने सम्भावना बढेको छ ।
आरोन मैत्रीपूर्ण खेलका लागि टोलीमा रहेका छन् । तर, भिल्लाविरुद्ध जित निकाल्दा उनलाई हिप इन्जुरी भएको बताईएको छ ।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले उनी केहि हप्ता मैदान बाहिर रहने बताएका छन् ।
इंग्ल्यान्डले मार्च २६ मा स्वीजरल्याण्ड र मार्च २९ मा आइभरी कोस्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।