काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई १-० गोल अन्तरले हराएको हो ।
एट्लेटिकोलाई जित दिलाउन कोकेले निर्णायक गोल गरे ।
कोकेले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ८५ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै एट्लेटिकोले २९ खेलमा ५४ अंक जोडेको छ ।
एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
भालेकानो ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।