काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई १-० गोल अन्तरले हराएको हो ।
मिलानलाई जित दिलाउन इस्माइल बेनेसरले निर्णायक गोल गरे ।
उनले खेलको ५९ औं मिनेटमा गोल गरे ।
यस जितसँगै शीर्ष स्थानको मिलानले ३० खेलमा ६६ अंक जोडेको छ ।
काग्लियारी २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

अर्को खेलमा इन्टर मिलान भने बराबरीमा रोकिएको छ ।
इन्टरले फियोरेन्टिनासँग १-१ गोलको बराबरी खेलेको हो ।
इन्टर ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फियोरेन्टिना ४७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।