काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई २-१ गोल अन्तरले हराएको हो ।
भिक्टर ओसिम्हेनले दुई गोल गरेपछि नापोलीले पुनरागमन जित निकालेको हो ।
खेलको २२ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै उडीनेजेलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
यस्तै खेलको ८२ औं मिनेटमा पाब्लो मारीले रातो कार्ड पाएपछि उडीनेजे १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै नापोलीले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ ।
दोस्रो स्थानको नापोलीले ३० खेलमा ६३ अंक जोडेको छ ।
उडीनेजे ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।