काठमाडौं । भारतले घरेलु मैदानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
जमसेदपुरमा शनिबार बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
भारतलाई जित दिलाउन नितु लिन्डाले ६३ औं मिनेटमा निर्णायक गोल गरिन् ।
जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो ।
बंगलादेशको यो पहिलो हार हो । पहिलो खेलमा बंगलादेशले नेपाललाई नै हराएको थियो ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।