• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने
खेलपाटी संवाददाता
शनिबार, चैत ५, २०७८ खेलपाटी संवाददाता
दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

काठमाडौं । कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्फ ४७–५५ केजी तौलसमूह र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कुल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा पहिलो दिन १६ खेलाडीले दोस्रो चरणको यात्रा तय गरे ।

आइतबार दोस्रो चरणमा लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साह, लुम्बिनी प्रदेशका राहुल थापा र आर्मीका प्रेम मगर, मधेशका आशुतोष पासवान र गण्डकी प्रदेशका भरत कुमाईंबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी गण्डकीका प्रवीण बुढाले दोस्रो चरणमा लुम्बिनीका भुवन श्रेष्ठको सामना गर्दा आर्मीका दिनेश बुढामगर र गण्डकीका एक्सन मगरले पनि तेस्रो चरणको यात्राका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन् ।

दोस्रो चरणकै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमकै राकेश जलगडी र निकेश कटुवाल तथा बाग्मतीका निर्मल घिसिङ र कर्णालीका प्रकाश विकबीच भिडन्त हुने छ ।

सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट २७÷२७ पुरुष÷महिला खेलाडी सहभागी छन् ।

महिलातर्तफ भने आइतबार मात्र प्रतिस्पर्धा हुने फाउन्डेसनअन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापा मगरले जानकारी दिइन् ।

प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, प्रतिनिधिसभा सांसद मानबहादुर विश्वकर्मा, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति थियो ।

पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा च्याम्पियनसिप आयोजना गरिएको हो । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल्फालाई उपाधि
अल्फालाई उपाधि
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP