काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा ब्वाइज युनियन क्लब र रानीपोखरी टिम आरसिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा ब्वाइज र आरसिटीले १-१ गोलको बराबरी खेलेको हो ।
२९ औं मिनेटमा आरसिटीका उज्ज्वल डंगोलले आत्मघाती गोल गरेपछि ब्वाइज युनियनले सुरुआती अग्रता बनाएको थियो।
तर, खेलको ३७ औं मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसिटीलाई १-१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यस बराबरीसँगै ब्वाइजले ६ खेलमा ४ अंक जोडेको छ ।
आरसिटीले ६ खेलमा ९ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।