• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल
खेलपाटी संवाददाता
मंगलबार, चैत १, २०७८ खेलपाटी संवाददाता
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली हाल यूएईमा छ । 

तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई तथा पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्ने छ । 

आज (मंगलबार) बाट सुरु भएको सिरिजमा पहिलो दिन यूएई र पीएनजी भिड्दै छन् । 

नेपालले आफ्नो पहिलो खेल बुधबार पीएनजीसँग खेल्ने छ । 

मैत्रीपूर्ण खेलहरु खेलेपनि नेपालले यूएई र पीएनजीसँग लिग दुईमा पहिलो पटक खेल्न लागेको हो ।

नेपाल पछिल्लो समय टी–ट्वान्टी क्रिकेटमा निकै व्यस्त थियो । 

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट नखेलेको छ महिना पुगिसकेको छ । 

नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । 

त्यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन ।

घरेलु क्रिकेटको एक मात्र ५० ओभरको प्रतियोगिता प्रधानमन्त्री कप (पीएम कप) समेत आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी भन्दै टी–ट्वान्टी फर्म्याटमा खेलिएको थियो । 

नेपाली खेलाडी लामो समय टी–ट्वान्टी फर्म्याटमा अभ्यस्त हुँदा यो सिरिज नेपालको लागि चट्टान सरह रहने छ । 

लामो समयदेखि टी–ट्वान्टी खेल्दै आएका नेपाली खेलाडीले ५० ओभरमा आफुलाई ढाल्न संघर्ष गर्नुपरेको गत साता श्रीलंकामा खेलिएको अभ्यास खेललाई लिन सकिन्छ ।

नेपालले श्रीलंकामा लिग दुई अन्तर्गतको सिरिजको तयारी भन्दै ४ अभ्यास खेल खेल्यो ।

जसमा नेपालले ३ खेल जित्यो र अन्तिम खेलमा पराजित भएको थियो । 

श्रीलंकाको फस्ट क्लास क्रिकेट टोलीसँग समेत नेपाल ब्याटिङमा संघर्ष गरेको थियो । 

चार खेलमा नेपाल मात्र एक खेलमा पुरै ओभर ब्याटिङ गर्न सकेको थियो भने तीन खेलमा नेपाल निर्धारित ओभरसम्म टिक्न समेत सकेन ।

एकदिवसीय अन्तराष्ट्रिय फम्र्याटमा हुने खेलमा नेपाललाई घरेलु टोली यूएईको ठूलो चुनौती रहने छ । 

पछिल्लो समय यूएई राम्रो लयमा छ । उसका ब्याटरहरु खुलेर खेल्दै आइरहेका छन् । यूएईले खेलेको लिगको अन्तिम खेलमा उसका दुई ब्याटरले शतक प्रहार गरेका थिए ।

१९ वर्षीय वृत्य अरविन्द यूएईका मुख्य ब्याटरको रुपमा स्थापित हुँदै छन् जो नेपालको लागि टाउको दुखाइको विषय बनेको छ ।

अरविन्दले यूएईको लागि मात्र २८ अन्तराष्ट्रिय खेल (एकदिवसीय र टी ट्वान्टी) मा ८ सय ६७ रन बनाइसकेका छन् । 

उनै अरविन्दको आक्रामक ब्याटिङको कारण नेपाल गत महिना आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नबाट बन्चित भएको थियो ।

अरविन्दले १५ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा १ शतक तथा १ अर्धशतक समेत बनाएका छन् । 

यूएईले लिग दुईको पछिल्लो ९ खेलमा ६ जित निकालेको छ भने १ खेल बराबरी हुँदा मात्र २ खेलमा पराजित भएको छ । 

गत महिना ओमानमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा समेत टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै विजेताको रुपमा विश्वकपको लागि छनोट भएको थियो ।

पीएनजी भने खराब फर्मबाट गुज्रिरहेको छ । 

पीएनजीले खेलेको पछिल्लो १६ एकदिवसीय खेलमा जित निकाल्न सकेको छैन । लिगमा समेत पीएनजी पहिलो जितको खोजीमा रहेको छ ।

नेपालले पीएनजीसँग २ पटक एकदिवसीय अन्तरष्ट्रिय खेल खेलेको छ । 

गत भदौमा नेपालले पीएनजीसँग ओमानमा २ मैत्रीपूर्ण एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा सहजै पराजित गरेको थियो ।

यस्तै नेपालले यूएईसँग हालसम ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा नेपाल २ खेलमा जित निकाल्न सफल भएको छ भने २ खेलमा पराजित भएको थियो ।  

सन् २०१९ मा यूएईको मैदानमा ३ खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले यूएईलाई अन्तिम २ खेलमा पराजित गर्दै पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । 

लिग दुईमा नेपालले ८ खेलमा ४ जित निकाल्न सफल छ । ४ खेल हारेको नेपाल ८ अंकका साथमा अंक तालिकाको छैठौं स्थानमा छ । लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ । 

यस्तै १४ खेलमा ७ जित र १ बराबरीका साथ १६ अंक जोडेको यूएई तालिकाको तेस्रो स्थानमा छ । 

यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ ।

यस सिरिज अघि नेपालले विश्वकप लिग दुई अन्तर्गतको दुई सिरिज खेलिसकेको छ । 

पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानलाई आतित्यथा गरेको थियो । 

सिरिजमा नेपालले अमेरिकालाई दुई खेलमा पराजित गर्दा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । उक्त सिरिजनै नेपालले घरेलु मैदानमा खेलेको एकदिवसीय अन्तराष्ट्रिय पहिलो थियो ।

दोस्रो सिरिजमा नेपालले ओमानमा पुनः अमेरिका र ओमानसँग खेलेको थियो । 

ओमानमा समेत नेपालले ४ खेलमा २ जित हात पार्दा २ खेलमा पराजित भएको थियो । 

ओमानमा नेपालले एक–एक पटक ओमान र अमेरिकालाई पराजित गरेको थियो । 

आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । सबै राष्ट्रले एकआपसमा ३२ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै लिग दुई टुंगाउने छन् । 

लिग सकिंदा शीर्ष तीन स्थानमा रहने राष्ट्र सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको लागि छानिने छन् भने पुछारका चार राष्ट्रले विश्वकप छनोटको क्वालिफायर्स खेल्नु पर्ने छ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP