• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेष्टको लागि भारतले तयार गरेको पिचको चर्को आलोचना
खेलपाटी संवाददाता
आइतबार, फागुन २९, २०७८ खेलपाटी संवाददाता
टेष्टको लागि भारतले तयार गरेको पिचको चर्को आलोचना

एजेन्सी । भारतीय क्रिकेट विज्ञ आकाश चोप्राले भारत र श्रीलंकाबीचको भएको दोस्रो टेष्ट खेलका लागि तयार पारिएको मैदानको आलोचना गरेका छन् ।

चोप्राले दोस्रो टेष्टको लागि तयार पारिएको पिच चर्किएकोबारे पहिलो दिनको खेलमा नै प्रश्न उठाएका छन् ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिचले आफ्नो स्वभाब खेलको पहिलो ओभरबाट नै देखाउन सुरु गरेको थियो ।

पहिलो दिनको समाप्तिमानै १६ विकेट निस्किएको खेलमा श्रीलंका ८६ रन बनाउँदा ६ विकेट गुमाएको थियो भने त्यसअघि भारतत २ सय ५२ रनबनाउँदा अलआउट भएको थियो ।

चोप्राले आफ्नो युटुब च्यानलमा एक भिडियो सार्वजनिक गरेका छन् जसमा उनी पिचबारे निकै आलोचनात्मक देखिएका छन् ।

'हामीलाई यस्तो पिच किन चाहियो ? पहिलो ओभरमानै पिचको माटो उड्न सुरु भएको थियो ।' चोप्राले पिचबारे प्रश्न गर्दै भनेका छन्, 'यदि पहिलो दिनको पहिलो ओभरमा नै माटो उड्न सुरु गर्छ भने यो खेल कतै पुग्ने छैन, यो खेल ४ वा ५ दिन टिक्ने सक्दैन ।'  

पुर्व भारतीय खेलाडी चोप्राले यस्तो पिच अहिले सामान्य बन्दै गएको समेत बताए । 'यहाँ के भयो भने, पहिलो दिनको पहिलो बल आफै भन्छ कि यो खेल क्षणिक हुनेछ ।' उनले थपे, 'तर किन यस्तो पिच तयार गरिन्छ र यस्तो किन बारम्बार हुँदैछ ?'

'अन्तिम पटक पिंक बल टेष्ट म्याच खेल्दा, खेल क्षणिक भएको थियो । चेन्नाईको दोस्रो टेष्टको पिच समेत टुक्रिएको थियो जहाँ बल निकै घुमेको थियो ।' चोप्राले भारतमा खेलिएक अघिल्ला टेष्ट खेलहरुको उदहारण दिंदै भनेका छन्,'म पुनेको खेल सम्झन्छु, दक्षिण अफ्रिकाविरुद्धको नागपुर र मोहालीको खेल सम्झन्छु । यदि हामी बारम्बार यस्तो पिच तयार गर्छौं भने यो राम्रो कुरा होइन ।'

'घरेलु मैदानमा खेलिएको खेलम भारतले पछिल्लो समय घरेलु ब्याटर समेत संघर्ष गर्दै छन् ।' उनले थपे, 'घरेलु टेष्ट मैदानमा विराट कोहली, अजिंक्या राहाणे, चेतेश्वर पुजारा समेत बलर मैत्री पिचको कारण सिकार बन्दै आएका छन् । 

यस्तै बलरहरुले बल फाल्दैमा विकेट प्राप्त गर्न नहुने चोप्राले चर्चा गरेका छन् ।

'यहाँ कुनै प्रतिस्पर्ध नै छैन । स्किल महत्वपूर्ण हुनु पर्छ । यदि तपाईं राम्रो बाँया हाते राम्रो स्पिनर हुनुहन्छ भने मात्र विकेट प्राप्त गर्नु हुन्छ ।' उनले भने, 'यदि तपाई जोरले बल फाल्नु हुन्छ अनि बल कहिले उफ्रिंच कहिले तल बस्छ भने त्यसको के मतलब ।'

बैंगलोरको पिचले जति सक्दो आलोचना पाउनु पर्ने  ४४ वर्षे चोप्राले तर्क गरेका छन् । 

'हामीले रावलपिन्डीको मैदान (पाकिस्तान र अष्ट्रेलियाको टेष्ट जारी) खराब भन्छौं, अझ त्यसलाई बाटोको संघया नै दिन्छौं ।' पाकिस्तान र अष्ट्रेलियाको टेष्ट मैदानलाई उदृत गर्दै चोप्रा भन्छन्, 'म भन्छु यो पिच (बैंगलोरको चिन्नास्वामी) पनि खराब छ किनकि ब्याटरहरु स्किल भन्दा भाग्यमा भर पर्नु परेको छ । यद्दपी श्रयस अयरले हामीलाई फरक काहानी भनेका छन् ।'

श्रेयस ऐयर एकमात्र ब्याटर हुन् जो बैंगलोरमा श्रीलंकाविरुद्ध पहिलो दिन ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनी दुर्भाग्यवस दोस्रो टेष्ट शतकबाट ८ रनले पछि परेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP