हिमाला र योग्य सम्मानित
शनिबार, फागुन २८, २०७८खेलपाटी संवाददाता
1647106270.jpg&w=3840&q=75)
काठमाडौं । वीरेन्द्र चोकस्थित चन्द्रसूर्य तेक्वान्दो खेलाडीले आफ्ना पदक विजेता खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
गत पुसमा बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
उक्त प्रतियोगितामा हिमाला अधिकारी र योग्य राईले स्वर्ण जितेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा डोजाङका खेलाडीको पेटी परीक्षा पनि सञ्चालन गरिएको थियो । परीक्षामा ४२ खेलाडीको सहभागिता रहेको डोजाङ प्रमुख भीम तुम्बापोले जनाएका छन् ।
हिमाला र योग्य सम्मानित।








-1753017726.jpeg&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
