काठमाडौं । केयलिन एमबापेबारे रहेका सबै प्रकारका अन्यौलता अब चाँडै अन्त्य हुँदैछ ।
सबथोक अपेक्षा अनुसार हुने हो भने अर्को साताको मध्य भागमा रियल म्याड्रिडले यी फ्रान्सेली खेलाडीलाई अनुबन्ध गर्नेछ । निकै लामो समयदेखि रियल एमबापेलाई आफ्नो बनाउन चाहन्थ्यो, विशेषत: क्लब अध्यष फ्लोरेन्टिनो पेरेज ।
गत सिजन रियलले एमबापे भित्र्याउने जोडेदार प्रयास गरेको थियो, तर त्यो सफल रहेन् । विशेषत: पेरिस सेन्ट जर्मेन (पीएसजी) मालिक नासिर अल–खेलाइफिले अवरोध तेर्साइरहे । तर अब त उनको हात पनि रहेन्, एमबापेलाई रोक्ने अवसर । अहिले रियल र एमबापेका प्रतिनिधिबीच गम्भीर छलफल चलिरहेको छ ।
जुन ३० मा एमबापे र पीएसजीबीचको अनुबन्ध सकिनेछ र उनी रियलका लागि सजिलै उपलब्ध हुन सक्ने छन् । युरोपेली च्याम्पियन्स लिगका अन्तिम १६ मा रियल र पीएसजी नै भिडेका थिए । त्यसमा रियल नै विजयी रह्यो । यही खेलपछि अनुबन्ध प्रक्रिया जोडतोडेले अगाडि बढेको हो, जसले अब चाँडै आकार पाउने छ ।
–मार्काको सहयोगमा ।