काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा जोआ फेलिक्सले तेस्रो मिनेटमा गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ६८ औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
यस्तै खेलको ८८ औं मिनेटमा जाभी सेरानोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एट्लेटिकोले २८ खेलमा ५१ अंक जोडेको छ ।
एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
काडिज २४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।