काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले सामाजिक युथ क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा श्री भगवतीले सामाजिकलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको ३५ औं मिनेटममा सन्तोष केसीले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी सयममा अनिल गुरुङले गोल गर्दै श्री भगवतीलाई २-० को अग्रता दिलाए ।
५० औं मिनेटमा सामाजिकका विकास टिटुङले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको ६० औं मिनेटमा बसन्त बहादुर राणाले गोल गर्दै सामाजिकलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई ३-२ को जित दिलाए ।
जितसँगै श्री भगवती शीर्ष स्थानमा उक्लिएको छ ।
श्री भगवतीले ४ खेलमा १० अंक जोडेको छ ।
सामाजिकले ४ खेलमा १ अंक जोडेको छ ।
सामाजिक पुछारमा रहेको छ ।