क्रिकेट सिरिजको ‘कमर्सियल एन्ड ब्राण्डिङ राईट्स’ सन्बि होल्डिङ्गसलाई
सोमबार, फागुन २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा हुने एकदिवसिय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय ट्राई नेसन्स सिरिजका लागि ‘कमर्सियल एन्ड ब्राण्डिङ राईट्स’ सन्बि होल्डिङ्गस प्रा ली लाई दिएको छ ।
नेपालले टियु क्रिकेट मैदानमा मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसिय सिरिज खेल्नेछ ।
साथै टियु मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
क्यान र सान्बि होल्डिङ्गसबीच भएको सम्झौता अनुसार दुबै सिरिजका लागि कर्मर्सियल, टिकेटिङ र ब्रोडकास्टिङ (नेपाल र विदेश) अधिकार सान्बि होल्डिङ्गससँग रहनेछ ।
क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले पे्रस विज्ञप्ती जारी गरी उक्त सम्झौताबारे जानकारी गराएका हुन् ।
#CAN








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)