राजनलाई स्कुटर प्रदान
आइतबार, फागुन २२, २०७८खेलपाटी संवाददाता

पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।
आहा राराको नयाँ विजेता टोली एपीएफका राजन प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका थिए । सिताज् लाइफ स्टाइल अन्तर्गत अप्रिलाका म्यानेजर आशिष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले ब्लुबुक प्रदान गरे । पुरस्कार ग्रहणपछि राजनले खुसी व्यक्त गरे ।
पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म आयोजना भएको प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एफिएफले १६ वर्षपछि उपाधि चुमेको थियो ।
राजनलाई स्कुटर प्रदान













-1763024272658.jpeg&w=3840&q=75)