आरसिटीको पहिलो जित

काठमाडौं । रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हराउँदै आरसिटीले पहिलो जित निकालेको हो ।
खेलको पहिलो मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा सागर थारुले गोल गर्दै आरसिटीलाई २-० को जित दिलाए ।
जितसँगै आरसिटीले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा आरसिटी खुमलटार युथ क्लबसँग ३-१ ले पराजित भएको थियो ।
मध्यपुरको यो पहिलो हार हो । पहिलो खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो ।
मध्यपुरले २ खेलमा ३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।













-1763024272658.jpeg&w=3840&q=75)