श्री कुमारी र सामाजिक युथ बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेलेका हुन् ।
श्री कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गरे ।
सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल गरे ।
श्री कुमारीले खेलको २९ औ मिनेटमा राज भुषालको गोलको मदतमा अग्रता लिएको थियो ।
तर सामाजिक युथका बसन्त बहादुर रानाले ३७ औ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
सामाजिक युथका सुरेश खत्रीले ४४ औ मिनेट तथा कृष्ण भण्डारीले ५१ औं मिनेटमा गर्दै गर्दै ३–१ को अवस्थामा पुर्याए ।
तर ५९ औं मिनेटमा दिपेन मगर तथा ७३ औ मिनेटमा लक्ष्मण मान थारुले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए ।
श्री कुमारीको यो लगातार दोस्रो बराबरी हो ।
सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।













-1763024272658.jpeg&w=3840&q=75)