बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

हिमालयन शेर्पा क्वाटरफाइनलमा

शनिबार, फागुन २१, २०७८खेलपाटी संवाददाता
हिमालयन शेर्पा क्वाटरफाइनलमा
Classic Tech Internet Ad

धनगढी। हिमालयन शेर्पा क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४-० ले हराउँदै हिमालयनले विजयी सुरुआत गरेको हो ।

जितसँगै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयनले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ विरुद्ध खेल्नेछ ।

एकतर्फी खेलमा हिमालयनले ३० औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनाएको थियो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् ।

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्द भएका हुन् ।

खेलको ४१ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए ।

५७ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४-० को जित दिलाए ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।

Bajaj Pulsar Motorcycle Ad
हिमालयन शेर्पाको सानदार सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित