काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विरगंज युनाईटेड र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार विरगंज र नयाँबस्तीले २-२ गोलको बराबरी खेलेका छन् ।
खेलको २४ औं मिनेटमा क्रिपकान्त महतो थारुले गोल गर्दै विरगंजलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा सुमन योंग्याले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा ल्याए
६४ औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा विरगंजका विवेक चौधरीले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकियो ।
यस बराबरीसँगै विरगंजले २ खेलमा १ अंक जोडेको छ ।
नयाँबस्तीले २ खेलमा २ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।