काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले हिमालयन शेर्पा क्लबबाट मोफसलका प्रतियोगिता खेल्ने भएका छन् ।
विकासले च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेलेका थिए ।
तर, विकासले खप्तड गोल्डकप भने हिमालयनबाट खेलिरहेका छन् । नव जन जागृतिविरुद्ध उनी प्लेईङ सेटमा रहेर हिमालयनबाट खेलिरहेका छन् ।
च्यासलबाट रिलिज पत्र पाएपछि उनले हिमालयनबाट खेलिरहेका हुन् ।
विकासले विदेशी खेलाडीको रुपमा च्यासलबाट लिग खेलेका थिए । तर, उनको टोली च्यासल रेलिगेसनमा परेको थियो ।