काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार बाँसबारी र टुसालले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न चुकेका थिए । जसको कारण खेल बराबरीमा सकिएको हो।
यस बराबरीसँगै बाँसबारीले २ खेलमा १ अंक जोडेको छ ।
टुसालले पनि २ खेलमा १ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।