काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब किन्ने जो कोहि भाग्यमानी हुने बताएका छन् ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने निर्णय गरेपछि प्रशिक्षक टुचेलको यस्तो भनाई आएको हो ।
रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन् ।
' जसले क्लब किन्छ, त्यो पाउनु भाग्यमानी हुनेछ,' टुचेलले भनेका छन् ।
यस्तै टुचेलले क्लबको मालिक फेरिए पनि आफु चेल्सीमा रहने विश्वास गरे ।
'मेरो लागि चेल्सी फिट छ । म क्लबमा रहन चाहन्छु । आशा छ यो जारी रहनेछ,' उनले थपे ।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ ।
यस्तै युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ ।