श्रीलंकाले तीन सयौं टेस्ट खेल्दै
बिहिबार, फागुन १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली भारतविरुद्धको पहिलो टेस्टका लागि शुक्रबार मैदानमा उत्रदा श्रीलंकाले तीन सयौं टेस्ट खेल्नेछ ।
श्रीलंकाले भारतविरुद्ध दुई खेलको टेस्ट सिरिज खेल्दैछ ।
भारत र श्रीलंकाबीचको पहिलो टेस्ट शुक्रबार मोहालीमा सुरु हुनेछ ।
उक्त खेल भने श्रीलंकाका लागि तीन सयौं टेस्ट खेल हुनेछ ।
अर्कोतर्फ भारतका पूर्व कप्तान विराट कोहलीको भने एक सयौं टेस्ट हुनेछ ।
त्यतिमात्र नभएर कोहलीको स्थानका कप्तान बनेका रोहित शर्माका लागि पहिलो टेस्ट खेल हुनेछ ।
उक्त खेलका लागि रंगशालामा ५० प्रतिशत दर्शकलाई अनुमति समेत दिइनेछ ।
#विराट कोहली






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

