अष्ट्रेलियाका स्पिन बलिङ कन्सल्ट्यान्टलाई कोभिड संक्रमण
बिहिबार, फागुन १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलिया क्रिकेट टिमको स्पिन बलिङ कन्सल्ट्यान्ट फवाद अहमेदलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
अष्ट्रेलिया क्रिकेटले एक विज्ञप्ति निकाल्दै अहमेदलाई कोभिड संक्रमण देखिएको जनाएको छ ।
कोभिड संक्रमण देखिएपछि उनी पाँच दिनको आईसोलेसनमा बसेका छन् ।
पाकिस्तानमा जन्मिएका अहमेदले हालै पाकिस्तान सुपर लिगमा लाहोरबाट खेलेका थिए ।
उनले अष्ट्रेलियाका लागि ३ एकदिवसीय र २ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
अष्ट्रेलियाले पाकिस्तानसँग टेस्ट सिरिज खेल्दैछ । जसका लागि उनी अष्ट्रेलियन टिममा रहेका छन् ।
पहिलो टेस्ट शुक्रबार सुरु हुनेछ ।
अष्ट्रेलियाका स्पिन बलिङ कन्सल्ट्यान्टलाई कोभिड संक्रमण






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

