जासन रोयले आईपीएल नखेल्ने
मंगलबार, फागुन १७, २०७८खेलपाटी संवाददाता
काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान जासन रोयले इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।
जासन नयाँ सिजनको आईपीएलका लागि गुजरात टाइटन्समा अनुबन्धित भएका थिए । उनलाई अक्सनबाट गुजरातले २ करोड इन्डियन रुपीमा खरिद गरेको थियो ।
तर, लामो समय प्रतियोगिताको बबलमा रहनु पर्ने भएको कारण उनले नाम फिर्ता लिएका हुन् ।
गुजरातले उनको स्थानमा अर्को खेलाडी अनुबन्ध गरेको छैन ।
आईपीएलको नयाँ सिजन मार्च २६ देखि मे २९ सम्म हुनेछ ।
आईपीएलका खेलहरु भारतको मुम्बई तथा पुणेमा हुनेछ ।
जासन रोयले आईपीएल नखेल्ने






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

