अग्रवाल पञ्जाबको कप्तान चयन
सोमबार, फागुन १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान मयंक अग्रवाल २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पञ्जाब किंग्सको कप्तान चयन भएका छन् ।
पञ्जाबले अग्रवाललाई सोमबार कप्तान चयन गरेको जानकारी गराएको हो ।
सन् २०१८ देखि नै पञ्जाबमा रहेका अग्रवाल अघिल्लो सिजनमा केल एल राहुलको कप्तान हुदा उनी उपकप्तान थिए ।
तर राहुलको अनुपस्थितिमा अग्रवाल नै कप्तान बनेका थिए ।
अग्रवाललाई पञ्जाबले अक्सन अघि नै रिटेन गरेको थियो ।
अग्रवालले पञ्जाबको उदेश्य उपाधि जित्ने नै रहने बताए ।
#मयंक अग्रवाल






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

